मन्त्रालय गाभिएपछि सचिवहरु नै अलमलमा

काठमाडौं - सरकारले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ मा झारेपछि ती मन्त्रालयका सचिवहरू अन्योलमा परेका छन्। सरकारले गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलमा परेका हुन्। बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो।…