जुम्लाको प्रदेशसभा ‘क’ मा माओवादीका भण्डारी विजयी

जुम्ला– जुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा माओवादी केन्द्रका नरेश भण्डारी विजयी भएका छन्।     भण्डारी १२ हजार ५ सय ७४ मतसहित विजयी भएका हुन्।   उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजु सिंह कठायतले ८ हजार ५ सय ३३ मत प्राप्तमा चित्त बुुझाए।