चितवन - पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो। सो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले बेलाबेलामा जंगली जनावर निस्कने र धनजनको…