फिल्ड अफिस हटाउन फेरी भारतको आनाकानी

विराटनगर- विराटनगरको फिल्ड अफिस हटाउने निर्णय सार्वजनिक गरेको एक साता बितिसक्दा पनि भारतीय पक्षले कार्यालय बन्द गर्ने सुरसार गरेको छैन। उल्टै ‘कुनै जानकारी नआएको’ भन्दै फिल्ड अफिसका कर्मचारी नियमित काम गरिरहेका छन्। भारतीय विदेश मन्त्रालयले हटाएको निर्णय सार्वजनिक गर्ने तर उसकै मातहतको सानो एकाइ भने ‘जानकारी नआएको’ भन्दै अड्डा जमाइरहने अनौठो दृश्य यहाँ देखिएको छ।…