राजदूत डा. रुपाखेती यी ३ देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीलाई अन्य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले उनलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार…