काठमाण्डु – सरकारले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सबिना मास्केलाई दिएको छ । टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेपछि रिक्त रहेको जिम्मेवारीमा मास्केलाई ल्याइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको मन्त्री स्तरीय निर्णय बमोजिम मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी…