अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक ३२ वर्षीय शाओजुन ल्यूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर चाइनाको उडानद्वारा काठमाण्डुबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट अमेरिकी डलर फेला…