आफूमाथि रिस गर्नेहरूलाई रविको चुनौति : मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई सरकारले चालेका कदमबारे प्रश्न गर्दा भागेर नहिँड्न सुझाव दिएका छन् । पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले सरकारले हेरेर र सोचेर मात्र कदम चालेको बताएका हुन् । उनले भने ‘कहिलेकाहीँ विभिन्न कोणबाट आएका प्रतिक्रियाहरू, कहिलेकाहीँ समालोचनाहरूले हामीलाई सोच्न…