काठमाण्डु – काठमाण्डु महानगरपालिका १८ वडाको वडाध्यक्ष र सम्पदा समितिको सदस्य न्हुच्छेकाजी महर्जनले सांस्कृतिक बाजाहरूलाई व्यावसायिक रूपमा अगाडि बढाउन महानगरपालिका लागि रहेको बताएका छन् । शनिबार काठमाण्डु युथ आर्केस्ट्राले आयोजनामा गरेको ‘स्प्रिङ कन्सर्ट’मा उनले सांस्कृतिक बाजालाई व्यावसायिक रूपमा अगाडि बढाउन सकिन्छ भन्ने सन्देशसहित महानगरपालिका लागि रहेको भन्दै यसले गर्दा पनि युवाहरू आकर्षित भइरहेका बताए ।…