रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेट हुँदै

काठमाण्डु - भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । लामिछानेले भारत भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न लागेका हुन् । प्रधानमन्त्री मोदीसँगको भेटवार्तालगत्तै सभापति लामिछाने उत्तर प्रदेशको अयोध्या प्रस्थान गर्ने र त्यहाँस्थित ऐतिहासिक राममन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ।…