प्रधानसेनापतिद्धारा रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाण्डु – नेपाली सेनाका उपरथी बालकृष्ण कार्की रथी दर्जामा बढुवा भएका छन् । भदौ २९ गते बढुवा भएका कार्कीलाई प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । रथी दर्जामा पदोन्नति भएका कार्की बलाध्यक्षमा नियुक्ति भएका छन् । साथै उनलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिईएको छ ।…