आईजीको सरुवा रोकियो, हरि पाललाई मेट्रोकै जिम्मेवारी दिइने

काठमाण्डु – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा प्रक्रिया रोकिएको छ । स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खांणको दवावपछि एआईजीको सरुवा रोकिएको हो । केपी ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदको असार २४ गते बसेको बैठकले प्रहरीका एआईजीहरुको सरुवा गरेको थियो ।  जसमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पाललाई ७ महिनामै हटाएर प्रद्युम्न कार्कीलाई पठाएको थियो…