काठमाण्डु – नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय, प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिए । सङ्घीय संरचनानुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले…