सुर्खेत – नेपाली सेनाले सञ्चालन गरेको पाँच दिने रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माघ १९ गतेदेखि उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतमा सञ्चालन भएको ५ दिने कार्यक्रम आज हेडक्वाटरका पृतनापति उपरथी सरोज प्रताप राणाले एक कार्यक्रमबीच समापन गरेका हुन् । नेपाली सेनासम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको…