काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले देशमा सेना परिचालन गर्नुपर्ने अवस्था आएमा प्रधानमन्त्रीले निर्णय लिन सक्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत ‘रक्षा मन्त्रालय’ शीर्षकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले राष्ट्रिय सुरक्षा परिषदले गर्नुपर्ने निर्णय यदि सुरक्षा परिषदले निर्णय लिन नसकेको खण्डमा प्रधानमन्त्रीले निर्णय गर्न सक्ने व्यवस्था गरिएको स्पष्ट पारे…