उपरथी तण्डुल सेनाकाे रथीमा बढुवा सिफारिस

काठमाडौं– नेपाली सेनाले उपरथी गौरव तण्डुललाई रथी बढुवाका लागि सिफारिस गरेको छ। सेनाका बलाध्यक्ष रथी शरद गिरीको अध्यक्षता बसेको बोर्ड बैठकले बरियताका आधामा तण्डुललाई रथीमा बढुवाका लागि सिफारिस गरेको हो। उक्त सिफारिसलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि सदर गरिसकेका छन्। सेनाका दुई रथीमध्येको शक्तिशाली मानिने बलाधिकृत रथी हेमन्तराज कुँवर आगामी वैशाख ११ मा उमेर हदका कारण…