साढे ३३ किलो सुन काण्ड : गोरेसहित एसएसपी खत्री र भुजुङलाई आज काठमाडौं ल्याईदैं

काठमाडौं - साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई सोमबार दिउंसो काठमाडौं ल्याइने भएको छ । जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं ल्याउन लागिएको हो । सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको प्रहरी स्रोतले…