काठमाडौँ–चार नम्बर प्रदेशका एआईजी कमलसिंह बमका छोरा सुगमलाई ठमेलमा पक्राउ गरेको घटनामा प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गका ईन्स्पेक्टर देउप्रसाद लिम्बुलाई छानबिन गर्न बोलाएको छ । शुक्रबार मध्यराति सुगमसहित तीन युवकलाई ठमेलबाट पक्राउ गरि थुनामा राखेर कुटपिट गरेको भन्दै सुगमले दिएको उजुरीमाथि लिम्बुलाई छानबिन गर्न प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले बयानका लागि बोलाएको हो । घटनाको छानविन गर्न महानगरीय प्रहरी कार्यालय…