काठमाडाैँ - गृहमन्त्री रामबहादुर थापाले सुशासन, शान्ति स्थापना, विकास र समृद्धिलाई उचाइमा पु¥याउने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागको काँधमा आएको बताएका छन् । विभागको आज निरीक्षण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्राप्त गरेको उपलब्धिको रक्षा एवं सुदृढीकरण गर्ने मूल जिम्मेवारी पनि निर्वाह गर्न अनुरोध गरे । विभागबाट प्रवाह हुने सूचना प्रणालीलाई थप चुस्त र दुरुस्त…