काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन्। मेयर चौधरीलाई २८ फागुनमा आफ्नै घरमभा गोली र खुकरी प्रहार भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका छन्। प्रधानमन्त्री ओलीसहित एमालेका नेताहरु शनिबार अस्पताल पुगेर चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ। चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर…