बोक्सी भन्दै कुटपिट प्रकरणमा गृहमन्त्रीले लिए एक्सन, आइजीपीलाई गृहमन्त्रालय बोलावट

काठमाडौं–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कैलालीमा बोक्सी भन्दै किशोरीमाथि भएको कुटपिट घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन्। गृहमन्त्री बादलले शनिबार नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) प्रकाश अर्याललाई मन्त्रालय बोलाएर किशोरीमाथि भएको निर्मम कुटपिटको घटनामा संलग्न दोषी र संरक्षण गर्नेहरुलाई समेत कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। कैलालीको घोडाघोडी नगरपालिका ५ मा बोक्सीको आरोपमा राधा चौधरीमाथि…