काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलसंग नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मंगलवार भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीच मात्र नभई प्रकृति प्रदत्त रुपमा नै विकास हुंदै गएको बताए । मन्त्री पोखरेलले नेपाली सेनाको क्षमताको विकासका लागि…