काठमाण्डु – सरकारले पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनलाई ६२ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पुरस्कार र सम्मान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रको गौरव स्थापित गर्ने पलेसालाई ६२…