काठमाण्डु - जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि १८२ रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो ।…