काठमाण्डु- आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनीमाथि सानदार जित निकालेको छ । सोमबार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेख र…