काठमाण्डु - इङ्ल्यान्डका साम करन अस्ट्रेलियामा सम्पन्न आईसिसी टी-२० विश्वकपका सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भएका छन् । आइतबार साँझ सम्पन्न फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्ड दोस्रोपटक विश्व च्याम्पियन बनेको हो । यसअघि इङ्ल्यान्डले सन् २०१० मा यो प्रतियोगिता जितेको थियो । सन् २०१९ मा एकदिवसीय विश्वकप पनि जितेको इङ्ल्यान्डले आइतबार…