नेपालका प्रिन्स दाहाल एसियाकै उत्कृष्ट खेलाडीः ब्याडमिन्टन एसिया

काठमाण्डु – नेपालका ब्याडमिन्टन खेलाडी युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएका छन् । ब्याडमिन्टन एसियाले प्रिन्सको लेख लेख्दै अहिलेको अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको बताएको छ । हरेक हप्ता एसियाली क्षेत्रका उत्कृष्ट खेलाडीको आर्टिकल सार्वजनिक गर्ने गरेको ब्याडमिन्टन एसियाले यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक गरेको हो ।…