नेपालले हङकङलाई ६ विकेटले हरायो

काठमाण्डु- महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङविरुद्ध सान्त्वना जित निकालेको छ। युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले हङकङलाई ६ विकेटले हरायो । १०५ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्। त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने…