काठमाण्डु– जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा जनकपुर बोल्टस्विरुद्ध टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । सोमपाल कामीको कप्तानी रहेको कर्णालीमा शिखर धवन, बाबर हायात, चाडविक वाल्टन र जीशान मकसुद छन् ।