काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर नबनाइने बताएका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनलाई संबोधन गर्दै सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर नबनाइने बताएका हुन् । ‘संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ, संविधान…