सुन काण्डमा जब उच्चपदस्थ नेताको नाम आयो, सीआईबीको गाडीमा ब्रेक लाग्यो : योगेश भट्टराई

काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी काण्डमा केही उच्चपदस्थ नेताको नाम आउँदा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को गाडीमा ब्रेक लागेर मोडिएको आरोप लगाएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तस्करीमा उच्चपदस्थ संलग्न भए पनि कारवाहीको दायरामा आउनुपर्ने बताए । ‘यसबीचमा सीआईबी र हाम्रो पार्टीबीच अविश्वास पैदा गर्ने काम भयो । हामीलाई…