काठमाण्डु- काभ्रेको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगल तीन दिनयता लागेको आगो अझै दन्किरहेको छ । उक्त जंगलमा आगो मङ्गलबार दिउँसोदेखि लागेको हो । वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात मानिने उक्त जंगलमा लागेको आगो नियन्त्रणमा अझै आउन सकेको छैन । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङका अनुसार अहिलेसम्म करिब १ किलोमिटर जंगल…