काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे सहमति उपनिर्वाचन अघि भएको बताएका छन् । बिहीबार कैलाली पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैसाख १० गते भएको उपनिर्वाचन अघि नै रास्वपालाई सरकारमा ल्याउनेबारे सत्ता गठबन्धनबीच सहमति भइसकेको बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले रवि लामिछानेलाई सरकारमा ल्याउँदा राम्रो…