काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तापक्षले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था संसद्को कार्यसञ्चालन नियमावलीमा समावेश गरेकोमा आपत्ति जनाएको छ । बजेट अधिवेशनको पहिलो दिन सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै काँग्रेस सचेतक निश्कल राईले नियमावलीको व्यवस्थामा आपत्ति जनाएका हुन् । प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा त्यससम्बन्धी व्यवस्था समावेश छ ।…