काठमाण्डु - काठमाण्डु महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिमा आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ग्यास लिक भई आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा निभाएको हो । घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल…