काठमाण्डु – मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलले आ–आफ्नो दावी पेश गरेका छन् । बिहीबार साँझ बसेको गठबन्धन बैठकमा पाँच दलले आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाटमा आ–आफ्नो पार्टीको तर्फबाट दावी पेश गरेका हुन् । बैठकमा कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको…