काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सचिवालय बैठकको निर्णय कार्यान्वयनकाे विषयलाई लिएर पार्टीभित्र विवाद भइरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेता नेपालबीच शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । शुक्रबार बिहान अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष…