काठमाण्डु- नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो बनेको छ। केही दिनयता लगातार बढिरहेको अमेरिकी डलर आज १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ। यसैगरी आज क्यानेडियन डलर, कुबेती दिनार र बहराइन दिनारको पनि खरिददर बढेको छ।…