काठमाण्डु - प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले सोमबार पनि उम्मेदवारी फिर्ता लिन सक्ने छन्। प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले पुस १३ र १४ गते पेस गरेको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले सोमबार दिउँसो ४ बजेसम्म…