काठमाण्डु – जेनजी आन्दोलनअघिसम्म छुट्टाछुट्टै मोर्चाबन्दी गरेर चुनावी प्रतिस्पर्धामा उत्रिँदै आएका पुराना दलहरू अब एकै मोर्चामा उभिने भएका छन् । आसन्न राष्ट्रियसभा चुनावमा मिलेर विश्वासको वातावरण बनाउँदै प्रतिनिधिसभा चुनावमा पनि तालमेल गर्ने भित्री तयारीमा पुराना दलहरू लागेका छन् । जेनजी आन्दोलनको भावनाअनुसार नयाँ दल र समूहहरू एकजुट भइरहेका बेला पुराना दलहरू समेत एकजुट हुन थालेका…