नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि सुरु

काठमाडौं । नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्यका साथ नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदैछ । भारतमा दुई दिनसम्म चल्ने बैठकमा अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैकिङलगायतका विषयमा छलफल गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।…