सुनसरी – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । झापाका १७ पुरुष र सुनसरीकी एक महिला कोरोना संक्रमणबाट मुक्त भएका हुन् । उनीहरूलाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । त्यस अवसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहित अस्पतालका चिकित्सक तथा स्वास्थ्कर्मीहरुले उनीहरूलाई पुष्पगुच्छा दिई विदाइ गरेका थिए…