समाचार हटाउने आदेश संविधानको व्यवस्था विपरीत, पुनर्विचार गरियोस् : पत्रकार महासंघ

काठमाण्डु– जिल्ला अदालत काठमाण्डुले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा गरेको अल्पकालीन अन्तरिम आदेशका विषयमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी समाचार हटाउन भन्दै अदालतले दिएको अन्तरिम आदेशको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार नेपाल धितोपत्र…