काठमाण्डु- नेपाल शिक्षक महासंघले सरकारसँग भएको ९ बुँदे सहमतिलाई महत्त्वपूर्ण उपलब्धि भनेको छ । महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शिक्षकहरूको काठमाण्डुकेन्द्रित २९ दिन लामो आन्दोलनले सफलता पाएको बताएका छन् । बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । उनले शिक्षा ऐन जारी गर्ने लिखित प्रतिवद्धता गराइएको…