काठमाण्डु – रिक्त प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि इलाम र बझाङमा शुक्रबार भएको मतदान सकिएको छ । मतदान सकिएकाले अब मतपेटिका संकलनलगत्तै मतगणना गर्ने तयारी थालिएको छ । प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा र प्रदेशसभा सदस्यका लागि बझाङ १(१) मा शान्तिपूर्ण रूपमा मतदान सकिएको निर्वाचन आयोगले जनाएको छ । इलाममा ५७ प्रतिशत र बझाङमा…