पुरातत्व विभागका नासुको खातामा भेटियो ४ करोड २२ लाख घुस, २ जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डु– पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्ण बहादुर श्रेष्ठ र नासु देउकला अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका उपसचिव श्रेष्ठ र सहायक पथप्रदर्शक देउकलाविरुद्ध ठेक्कापट्टामा घुस लिएको आरोप लगाउदै मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो । निर्माण सेवा…