धनगढी – जिल्लाको मालिकार्जुन गाउँपालिका–८ शंकरपुर पस्ती थक्तोलीस्थित सडक खण्डबाट १ किलो ६०० ग्राम लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन् । बझाङको बुङल नगरपालिका–७ बस्ने ३६ वर्षीय उज्जलबहादुर बोहरा र २८ वर्षीय रामबहादुर बोहरालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र प्रहरी चौकी शंकरपुर पस्तीबाट खटिएको…