जिउँदो व्यक्तिको मृत्यु दर्ता बनाएको आरोपमा वडाध्यक्षसहित ३ जना जेल चलान

काठमाण्डु- नवलपरासीमा जिउँदो व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र बनाएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ। सुस्ता गाउँपालिका ५ का ६६ वर्षीय जमालुद्दिन मुसलमान जीवित हुँदाहुँदै मृत्यु दर्ता बनाइएको खुलेपछि घटना सार्वजनिक भएको हो। जिल्ला अदालतले वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी र तारिख मियालाई थुनामा पठाएको जनाएको छ। उनीहरूमाथि झुठा विवरण…