काठमाडौं– महानगरीय प्रहरी परिसर, टेक’ले विवादास्पद मोडल परी तामाङसहित तीन जनालाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ। युट्युबमार्फत सामाजिक मर्यादामा खलल प’र्याउने सामग्री र उत्तेजक अन्तरवार्ता लिएको र दिएको आरोपमा प्रहरीले उनीसँगै ’मस्ती टक टाईम’ सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पक्राउ गरेको हो। उनीहरूलाई साईबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरेको जानकारी प्रहरीले दिएको…