कोरोना संक्रमण पुष्टि भएकी अभिनेत्री ऐश्वर्या राय अस्पताल भर्ना

एजेन्सी – कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय अस्पताल भर्ना भएकी छन् । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ अचानक मुम्बइस्थित ‘नानावती हस्पिटल’ मा भर्ना गरिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् ।…